Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु

    उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 420
    SHARES

    काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।

    आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो ।



    स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन्।



    यसअघि उच्च अदालतमा म्यानुअल रूपमा पेशी तारेख दिने गरिएको थियो । स्वचालित पेशी तारेख सुरु भएपछि एसएमएसमार्फत जानकारी समेत उपलब्ध हुने जनाइएको छ ।

    मुद्दा दर्ताको मिति, मुद्दाको मार्ग र अदालतमा रहेका मुद्दा सङ्ख्या तथा न्यायाधीशको उपलब्धताका आधारमा स्वचालित रूपमा तारेख उपलब्ध हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार