Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

    सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 606
    SHARES

    काठमाडौं । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा ६ जनाको नाम सिफारिस गरेको छ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले चार उच्च अदालतका न्यायाधीश र दुई कानुन व्यवसायी गरी ६ जनाको नाम सिफारिस गरेको हो।



    कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् ।



    रिक्त एक पदमा अझै सिफारिस भएको छैन । प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरुको नियुक्ति हुनेछ ।

    सर्वोच्च अदालतमा कार्यरत न्यायाधीशहरु उमेरहदका कारण अवकाश भइरहने तर नयाँ सिफारिस हुन नसक्दा साढे दुई वर्षदेखि सर्वोच्च अदालतमा न्यायाधीशहरु रिक्त हुदै आएको थियो ।

    No description available.

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार