Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त मुख्य न्यायाधीशहरुले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 591
    SHARES

    काठमाडौं । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई मुख्य न्यायाधीशमा नियुक्त गरी बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



    ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो ।



    उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार