Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

    प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 843
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली चीन भ्रमणमा गएको हो ।

    प्रधानन्यायाधीशको टोलीले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्नेछ ।



    त्यसक्रममा सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ ।



    त्यसअघि नेपाली भ्रमण टोलीले सिञ्ज्याङ प्रदेशमा चाइना ल सोसाइटीले कात्तिक १२ देखि १४ सम्म आयोजना गर्ने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार