Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानन्यायाधीश श्रेष्ठले भने – सर्वोच्चमा तत्काल न्यायाधीश नियुक्तिका लागि पहल गर्दैछु

    प्रधानन्यायाधीश श्रेष्ठले भने – सर्वोच्चमा तत्काल न्यायाधीश नियुक्तिका लागि पहल गर्दैछु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 411
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् ।

    सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्।



    प्रधानन्यायाधीश श्रेष्ठले तीनै तहका अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने बताए।



    प्रधानन्यायाधीश श्रेष्ठले भने,’सर्वोच्चमा भने एक जना न्यायाधीश नियुक्त गर्न सकेँ, फेरि पनि गर्न बाँकी नै छ । त्यो म छिटै नै पहल गर्दैछु ।’

    आफू प्रधानन्यायाधीश भएको छोटो समयमै न्यायाधीश नियुक्तिको पहल गरेको बताए ।

    उनले जुम्ला, धनकुटा, माइनगर र हेटौंडा इजलासमा भिडियो कन्फ्रेन्सबाट बहस व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार