Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा

    न्यायाधीश परशुराम भट्टराईले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 441
    SHARES

    काठमाडौं। जिल्ला न्यायाधीश डा .परशुराम भट्टराईले न्यायाधीश पदबाट राजीनामा दिएका छन्।

    न्यायपरिषदबाट भट्टराईमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामापत्र बुझाएका हुन्।



    जिल्ला अदालत धनुषाको न्यायाधीश हुँदा व्यक्तिहत्याको आरोप लागेका एक आरोपितलाई सफाइ दिएपछि उनी विरुद्ध न्यायपरिषदमा उजुरी परेको थियो ।



    ६ कात्तिक २०७६ मा जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साहको गोली हानी हत्या भएको थियो ।

    हत्याका आरोपित दामोदरप्रसाद चौधरी लगायतमाथिको आरोप पुष्टि नहुने भन्दै न्यायाधीश भट्टराईको इजलासले सफाइ दिएको थियो ।

    सफाइ लगत्तै उनको फैसलाको विरोध भएको थियो भने परिषदमा समेत उजुरी परेको थियो ।

    उजुरीमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको जाँचबुझ समिति बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार