Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौँ महानगरमा रहेका ६ हजार कुकुरको बन्ध्याकरण गर्ने मेयर बालनेको घोषणा

    काठमाडौँ महानगरमा रहेका ६ हजार कुकुरको बन्ध्याकरण गर्ने मेयर बालनेको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 786
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई बन्ध्याकरण र खोपका कार्यक्रम चलाउने भएको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महानगरले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

    काठमाडौंको मुख्य समस्यामध्ये कुकुर व्यवस्थापन पनि रहेको भन्दै महानगर प्रमख बालेन्द्र शाहले आगामी ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविजविरुद्धको खोप दिने जानकारी दिए ।



    पशु कल्याण र पशु अधिकारका लागि आफूहरू सचेत रहेको भन्दै सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरुलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने उनले बताए ।



    उनले फेसबुकमा भनेका छन् ‘मंगलबारबाट महानगरपालिकाका ९ वटा वडा ९४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२० बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाउनेछौँ । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेविज विरुद्धको खोप दिनेछौँ । ९ वडा हुँदै हामी ३२ वडा पुग्नेछौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार