Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ट्रकको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु

    ट्रकको ठक्करबाट झापामा पैदल यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 369
    SHARES

    फाइल तस्विर

    झापा । ट्रकको ठक्करबाट झापाको बिर्तामोडमा एक महिला पैदल यात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पैदल यात्री दोलखा कालिन्चोकका ५१ वर्षीया देविमाया थामी रहेकी छन् ।



    बिर्तामोड नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख २०८३ नम्बरको ट्रकले पैदल यात्री थामीलाई ठक्कर दिएको थियो।



    घाइते भएकी थामीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो।

    घटनामा संलग्न ट्रक र चालक सुनसरी गढी गाउँपालिका-४ का ३९ वर्षीय रमेश चौधरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार