Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठ बोकेको ट्याक्टरसहित दुई जना पक्राउ

    काठ बोकेको ट्याक्टरसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २३ मंसिर २०८०
  • 714
    SHARES

    झापा । ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    झापाको अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडकमा काठ लोड गरेको ट्याक्टरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    चुरे क्षेत्रको जंगलबाट मे १ त ८०५ नम्बरको ट्याक्टरको डालामा माथिबाट माटोले पुरेर चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान र ८ फिटको २० थान गरी ५२ थान काठ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    ५४ दशमलव ५ क्यूफिट सखुवा जातको काठ र ट्याक्टरसहित अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार