Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी

    झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 474
    SHARES

    झापा । झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ।

    दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको हो । आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फो , छाप्रा नम्बर ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा विद्युतको तार चुहावट भई आगलागी भएको थियो।



    आगलागीबाट तीन वटा घर, घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ ।

    शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार