Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • हाइड्रोजन ग्यासको सिलिन्डर पड्कँदा दुई जना घाइते

    हाइड्रोजन ग्यासको सिलिन्डर पड्कँदा दुई जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 474
    SHARES

    झापा । झापाको बेल्स मोडल इङ्लिस बोर्डिङ स्कुल हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन् ।

    बिर्तामोड नगरपालिका ९७ राधाकृष्ण टोलमा रहेको स्कुलको खेलकुद कार्यक्रमका लागि बेलुन फुलाउने क्रममा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किँदा ५४ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन्।



    ग्यास पड्किँदा सहनीको दाहिने खुट्टाको कम्मर मुनिको भाग चुँडिएको र उनलाई उपचारार्थ बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।



    सिलिन्डर पड्किँदा निस्किएको आवाजले सोही विद्यालयमा कक्षा ९ मा अध्यनरत बिर्तामोड९७ बस्ने १५ वर्षीया कुसुम तामाङको कानमा समस्या भइ उपचारको लागि अस्पताल भर्ना गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार