Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापामा जंगली हात्ती मृत फेला

    झापामा जंगली हात्ती मृत फेला

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 588
    SHARES

    झापा । झापामा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

    झापाको बाह्रदशी गाउँपालिका-१स्थित बागमतामा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।



    राति कुन बेलामा हात्ती मरेको भन्ने नखुलेको जिल्‍ला प्रहरी कार्यालय झापाले जनाएको छ।



    हात्ती मृत फेला परेको भन्ने खबर प्रहरीलाई बिहान ८ बजे भएको थियो। हात्ती स्थानीय नगेन्द्र राईको बारीमा फेला परेको हो।

    बाहिरी चोट नदेखिएको प्रहरीले जनाएको छ। वन कार्यालयको कर्मचारीले घटनास्थलको अनुसन्धान तथा कानुनी प्रक्रियाको काम गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार