Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने एक जना पक्राउ

    नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने एक जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 660
    SHARES

    झापा । नक्कली फेसबूक आईडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ का विनोद थापा रहेका छन् ।



    नक्कली फेसबूक आईडीमार्फत कानून विपरीतका क्रियाकलाप गरेको उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    झिलझिले इलाका प्रहरी कार्यालयमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्षसमेत रहेका बताइएको छ ।

    उनको नक्कली फेसबूक आईडीका विषयमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन ।​

    यसैबीच जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नगद, तास कौडसहित १५ जुवाडे पक्राउ परेका छन् ।

    गौरादह–३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको सुराकीका सूचनाका आधारमा आज बिहान ३ बजे दमक र गौरादह इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट रु एक लाख ३५ हजार नौ सय २०, १६ थान कौडा, तीन बुक ताससहित १५ जनालाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार