Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली सुन बिक्री गरेको आरोपमा एक जना पक्राउ

    नक्कली सुन बिक्री गरेको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 393
    SHARES

    झापा। नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेच्ने एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको हो ।



    गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका-२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापा प्रहरीले जनाएको छ ।



    सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड-५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार