Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुर्गा प्रसाईंलाई महेश बस्नेतले भने – मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ?

    दुर्गा प्रसाईंलाई महेश बस्नेतले भने – मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ?

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अराजकहरूको कारण लोकतान्त्र कार्यान्वयनमा चुनौती भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।नेता बस्नेतले झापामा आफूहरूको कार्यक्रम बिथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईँका समथर्कहरु मिलेर आएको दाबी गरे ।



    उनले भने,‘पहिचानवादी साथीहरू र दुर्गा प्रसाईँसँग रहेका साथीहरू मिलेर आउनुभएको छ । उनीहरू एक ठाउँमा छन् । के हामीलाई प्रतिरोधमा जान बाध्यता बनाएको हो त ? के हामीसँग प्रतिरोध नै खोजेको हो त ? अराजक व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ । मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ? दुर्गा प्रसाईंले हामीलाई हिजो एमालेमा पसेर झुक्यायो । अहिले समानान्तर अदालत र सरकार चलाउन खोजेको छ। एमालेलाई प्रतिरोध र प्रतिकार गर्न बाध्य बनाइयो भने उनीहरूलाई क्षति हुन्छ । ’



    नेता बस्नेतले युवा संघ झापालाई पहिचानवादी र दुर्गा प्रसाईँका कार्यक्रम गर्न नदिने भनेको दाबी गरे ।  नेता बस्नेतले मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज नगगर्न समेत आग्रह गरेका छन् ।

    उनले झापाको अर्जुनधारा नगर कमिटीको युवा संघको कार्यक्रमलाई गलत ढंगले नबुझ्न अनुरोध गरे । उनले आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा धूप बालेर बस्ने कुरा नहुने टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार