Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दसैँ अवधिभर टिपर चलाउन रोक

    दसैँ अवधिभर टिपर चलाउन रोक

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले दसैँको समयभरि जिल्लामा टिपर सञ्चालन गर्न निषेध गरिएको छ ।

    जिल्ला समन्वय प्रमुख, सुरक्षा निकाय, टिपर तथा यातायात व्यवसायीको बुधबार बसेको बैठकले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।



    दसैँको टिकाको दिन नजिकिएसँगै सवारी साधनको बाक्लो आवतजावत हुने र ट्राफिक व्यवस्थापन गर्न जटिलता उत्पन्न भई यात्रा सहजीकरण गर्न दबाब पर्ने भएकोले बिहीबार बिहान ५ बजेदेखि असोज १३ गते रातिसम्म अरनिको राजमार्ग र बिपी राजमार्गमा टिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।



    बैठकले विभिन्न बहानामा लामो दूरीका नियमित भाडाका सवारी साधनले यात्रुसँग बढी पैसा असुल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्नका लागि यातायात व्यवसायीले सघाउने निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार