Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • दसैँ बिदामा काठमाडौं महानगरको सवारी साधन सञ्चालन गरे कारबाही

    दसैँ बिदामा काठमाडौं महानगरको सवारी साधन सञ्चालन गरे कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं र तिहार बिदाका बेला महानगरको नाममा दर्ता रहेका गाडी चलाएको पाइएमा कारबाही गर्ने भएको छ ।

    महानगरपालिकाले बिदामा बसेका कर्मचारीले महानगरको गाडी चलाएमा कारबाही गर्ने बताएको हो ।



    महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गरेर सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न भनेको छ ।



    महानगरका कर्मचारीले अन्य विदाको समयमा सवारी पास लिन परे प्रमुख प्रशासकीय अधिकृतबाट अग्रिम स्वीकृति लिनु पर्ने समेत सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार