Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कतारबाट आएका पाँचजना सुनसहित सिनामंगलबाट पक्राउ

    कतारबाट आएका पाँचजना सुनसहित सिनामंगलबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 3.9K
    SHARES

    काठमाडौं । कतारबाट काठमाडौं आएका पाँच जना सुनसहित पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले साढे २६ लाख बराबरको सुनसहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी इसार केबट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा छन् ।



    उनीहरूलाई सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुको साथबाट २१४.३६ ग्राम ढिक्का सुन, ५०.०१ ग्रामको तीनटा सिक्री र एक लाख १० हजार नगदसहित पक्राउ गरिएको थियो ।



    कतारको उडानमार्फत् नेपाल आउने केही व्यक्तिहरूले अवैधरूपमा सुन ल्याई कारोबार गर्ने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार