Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एकजना पक्राउ

    त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 483
    SHARES

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् ।



    भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।



    विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार