Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्कार्पियोको गियर बक्समा लुकाएर सुन तस्करी, नागढुंगाबाट तीन जना पक्राउ

    स्कार्पियोको गियर बक्समा लुकाएर सुन तस्करी, नागढुंगाबाट तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित नागढुंगाबाट तीन जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।



    उपत्यका अरापध अनुसन्धान कार्यालयको टोलीले उनीहरु सवार ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।



    उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार