Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुन समातियो

    त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुन समातियो

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो अवैध सुनसहित एकजना पक्राउ परेका छन् ।

    कतारको दोहाबाट भारतको मुम्बई हुँदै अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय नागरिक मोहम्मद जीशान सुनसहित पक्राउ परेका हुन् ।



    विमानस्थल सुरक्षा कार्यालयका अनुसार ती व्यक्तिले आफूले लगाएका पाइन्ट, गन्जी, कट्टुलगायत लुगाभित्र सुनको लेपन लगाएका थिए ।



    उनी भन्सार जाँच पार गरिसकेको अवस्थामा पक्राउ परेका हुन् । उनीमाथि शंका लागेर जाँच गरिएको र साथमा सुन पाइएपछि पक्राउ गरिएको बताइउको छ ।

    यसअघि गत सोमबार पनि झण्डै एक किलो सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार