Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अल नासरको जितमा रोनाल्डोको गोल, अल खलिज पराजित

    अल नासरको जितमा रोनाल्डोको गोल, अल खलिज पराजित

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 705
    SHARES

    एजेन्सी । क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल नासरले अल खलिजलाई हराएको छ ।

    शनिबार भएको खेलमा अल नासर २–० गोलले विजयी बनेको हो । योसँगै अल नासरले प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ ।



    खेलको २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९ खेलमा पोर्चुगिज स्ट्राइकरको यो ११ औँ लिग गोल हो । दोस्रो हाफको ५६ औँ मिनेटमा एमरिक लापोर्टेले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।



    यो जितसँगै १२ खेलमा टोलीले २८ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । अल हिलाल ३२ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार