Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टिकटक बन्द गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ : राप्रपा

    टिकटक बन्द गर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ : राप्रपा

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 591
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारले टिकटक प्रतिबन्ध गर्न लागेको प्रति आपत्ति जनाएको छ ।

    राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका हुन् ।



    उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको भन्दै सो निर्णय अस्वीकार्य, आपत्तिजनक र दूर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुन्छ तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्वीकार्य हुँदैन/छैन। हिजो कसैले गरेको थियो भने त्यो गलत, आज कसैले गर्दैछ भने त्यो गलत र भोलि कसैले गर्नेछ भने त्यो पनि गलत। जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सञ्जालमा हुने आलोचनासँग त्रसित हुनेहरूले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण छ।’

    लोकतन्त्रमा विधि, पद्धति बसाल्ने, विकृति, विसंगति रोक्ने, नियमन गर्ने कुरा प्रधान हुने तर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुरा स्विकार्य नहुने उनको भनाइ छ ।

    जनतालाई सेवाप्रवाह नगर्ने, सुशासन नदिने, तिनका समस्या सम्बोधन नगर्ने तर सामाजिक सन्जालमा हुने आलोचनासँग त्रसित हुनेहरुले टिकटकमा प्रतिबन्ध लगाउनु हाँस्यास्पद र विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।

    त्यस्तै, राप्रपाले सरकारले यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक युट्युब, ट्वीटरलगायतमा आलोचना सुनिने भन्दै प्रवक्ता श्रेष्ठले ति सबै बन्द गर्ने सरकारको नीति हो भनि प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार