Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • केपी ओली कप : कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

    केपी ओली कप : कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 450
    SHARES

    पोखरा । कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

    पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो ।



    कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।



    आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २र२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १र१ विकेट लिए ।

    त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाउँदै रिटायर हर्ट भए । रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।

    कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । बायाँ हाते तिव्र गतिका बलर कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १र१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार