Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन

    मोबाइलबाट पानस बालेर केपी ओली कपको उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 390
    SHARES

    काठमाडौं । केपी ओली कपको दोस्रो संस्करण सुरू भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।



    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पूर्वराष्ट्रपति भण्डारीले मोबाइलबाट पानस बालेर केपी प्रतियोगिताको उद्घाटन गरिन् ।



    त्यस्तै उद्घाटन समारोहमा केपी ओली कप लेखिएको व्यानर ड्रोनको सहायतामा उडाइएको थियो ।

    प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

    युवा संघ नेपालले आयोजना गरेको र फागुन १९ सम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित १० टोली सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार