Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • केपी ओली कप : उदघाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्दै

    केपी ओली कप : उदघाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 453
    SHARES

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आजदेखि सुरू हुँदैछ।

    प्रतियोगिताको उदघाटन खेलमा आयोजक केपी ओली एफसी र शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



    खेल सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो तीन बजे सुरू हुने छ । आयोजक केपी ओली एफसीले राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु समेटेर टिम बनाएको छ ।



    प्रतियोगिताको क्वार्टरफाइनलका खेल एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुनेछ ।

    फागुन १९ सम्म हुने प्रतियोगितमा दुई विदेशीसहित १० टोली सहभागी छन् । दुई भारतीय क्लब दिल्ली एफसी र मानेभञ्ज्याङले पनि यस पटक केपी ओली कप खेल्दैछन् ।

    चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार, जावलाखेल युथ क्लब, नेपाल पुलिस, साविक विजेता मछिन्द्र फुटबल क्लब, एनआरटी, भारतका दिल्ली एफसी र मानेभञ्ज्याङ एफसी तथा आयोजकको केपी ओली एफसी छन् ।

    प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार