Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

    एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, १९ फाल्गुन २०८०
  • 690
    SHARES

    काठमाडौं । न्यूरोड टिम (एनआरटी) लाई हराउँदै मछिन्द्र एफसीले केपी ओली कपको उपाधि जितेको छ ।

    शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा एनआरटीलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।



    निर्धारित ९० मिनेटमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।



    अन्तिम पेनाल्टीमा एनआरटीका विवेक गुरुङको प्रहार कप्तानसमेत रहेका गोलकिपर विशाल श्रेष्ठले छेकेपछि मछिन्द्र च्याम्पियन बनेको हो ।

    उपाधि जितेसँगै मछिन्द्र एफसीले नगद ११ लाख र उपविजेता एनआरटीले ५ लाख प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार