Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • केपी ओली कपको उपाधि मधेश प्रदेशलाई

    केपी ओली कपको उपाधि मधेश प्रदेशलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 555
    SHARES

    काठमाडौं । केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

    बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।



    मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो ।



    सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् । आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

    बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए । यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

    मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

    बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार