Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश खेल्दै

    केपी ओली कप : उपाधिका लागि आर्मी र मधेश खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 603
    SHARES

    काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शुक्रवार त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे पोखरा रङ्गशालामा शुरु हुनेछ ।

    हिजो बिहीवार भएको पहिलो सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।



    यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेको हो ।



    प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार