Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • केपी ओली कप : बागमतीले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य

    केपी ओली कप : बागमतीले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 390
    SHARES

    पोखरा । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशले आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको हो।



    बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए । कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए ।



    ४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए । बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए ।

    ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार