Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • त्रिभुवन आर्मी केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा

    त्रिभुवन आर्मी केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 648
    SHARES

    पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

    पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो ।



    आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारी २५ रनमा आउट भए ।



    पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार