Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • १० हजार धरौटी तिरेर ११ दिनपछि छुटे आचार्य श्रीनिवास

    १० हजार धरौटी तिरेर ११ दिनपछि छुटे आचार्य श्रीनिवास

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 972
    SHARES

    काठमाडौं । दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास छुटेका छन् ।

    उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ परेका थिए ।



    प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो । यस्तै सन्तोष राजावादी पनि छुटेका छन् ।



    शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेकोमा १० हजार धरौटी तारेखमा थुनामुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार