Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तत्काल मन्त्री फेरबदलको सम्भावना छैन : सञ्चारमन्त्री शर्मा

    तत्काल मन्त्री फेरबदलको सम्भावना छैन : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 537
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल मन्त्री फेरबदलको सम्भावना नरहेको बताएकी छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्,‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन। बाहिर आएको जस्तो हाम्रो गठबन्धनभित्र, हाम्रो राजनीतिक दलहरु भित्र छलफलको विषय बनेको छैन ।’



    मन्त्री हेरफेरबारे कुनै छलफल नभएको सञ्चारमन्त्री शर्माको भनाई छ ।  अहिले मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि सञ्चारमन्त्री शर्माले आग्रह गरिन् ।

    सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् ।

    सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार