Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भौतिक पूर्वाधारमन्त्री ज्वालाले भने – अहिले उपत्यकाका सडकमा खाल्डा छैनन्

    भौतिक पूर्वाधारमन्त्री ज्वालाले भने – अहिले उपत्यकाका सडकमा खाल्डा छैनन्

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 432
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले उपत्यकाका सडकमा खाल्डा नभएको दाबी गरेका छन् ।

    ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो दाबी गरेका हुन् ।



    पूर्वाधारमन्त्री ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताए। पूर्वाधारमन्त्री ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताए ।



    पूर्वाधारमन्त्री ज्वालाले भने,‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ । भौतिक मन्त्रालयअन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको छ।’

    अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार