Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

    पाकिस्तानमा गोली हानी ६ मजदुरको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 675
    SHARES

    एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ।

    मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए ।



    गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।



    उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो ।

    अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार