Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रवि लामिछानेको चेतावनी – मलाई खोजी पत्रकारीतामा नतानौं, इमानको लडाइ लड्न सक्दैनौं

    रवि लामिछानेको चेतावनी – मलाई खोजी पत्रकारीतामा नतानौं, इमानको लडाइ लड्न सक्दैनौं

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 546
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई खोजी पत्रकारीतामा नतान्न चेतावनी दिएका छन् । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए ।

    उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो । सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्तासमेत रहेको समाचारमा उल्लेख थियो । सोही समाचारप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै यस्तो चेतावनी दिएका हुन् ।



    उनले उनले आफूमाथि खोया प्रहार हुनु भन्दा अगाडि नै न्युज त प्लान बनाउदै ड्राफ्ट भइसकेको बताउँदै योजना त पहिलेनै बनेको टिप्पणी गरे । उनले लेखेका छन्, ‘मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसके छ।



    त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ? यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो।

    जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। । Well Played कान्तिपुर । यस्तै उनले आफूलाई खोजी पत्रकारीतामा नतान भन्दै कान्तिपुरलाई चेतावनी पनि दिए ।

    ‘मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं, सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला,’ उनले लेखेका छन् ।

    साथै उनले सुर्यदर्शन सहकारीबाट ऋण नलिएको स्पष्ट पारे । यस्तै उनले ग्यालेक्सी टिभीसँग आफ्नो कुरा सफाचट भएको बताए । उनले लेखेका छन्, ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ, क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार