Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एनएसएल : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी भिड्ने

    एनएसएल : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी भिड्ने

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 489
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा आज पोखरा थण्डर्स र धनगढी एफसी भिड्दै छन् ।

    लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।



    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजे हुनेछ । दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन्।



    खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार