Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एनसेलबारे छानबिन सकिने वित्तिकै सरकारले आवश्यक निर्णय लिन्छ : सञ्चारमन्त्री शर्मा

    एनसेलबारे छानबिन सकिने वित्तिकै सरकारले आवश्यक निर्णय लिन्छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 474
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने बताएकी छन् ।

    एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् । सञ्चारमन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्, ‘कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो । अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।’



    ३० दिनको समय पाएको समितिले समयमै कामसक्ने सञ्चारमन्त्री शर्माले बताईन्। समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् ।

    अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार