Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालकुमारी घटनामा सरकार गम्भीर बनेको छ : सञ्चारमन्त्री शर्मा

    बालकुमारी घटनामा सरकार गम्भीर बनेको छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 513
    SHARES

    काठमाडौं । सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताएकी छिन् ।

    शनिबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन गरिएको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले सो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छानबिन समिति बनाएको र केही कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिइन् ।



    सञ्चारमन्त्री शर्माले भनिन्,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वतः स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठीक ढंगले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढंगले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’

    सञ्चारमन्त्री शर्माले गोली चलाउन आदेश दिने प्रमुख जिल्ला अधिकारी, डिएसी र मन्त्री ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको जानकारी दिइन् ।

    शुक्रबारको घटनामा सुरक्षा कमजोरी भएको बताउँदै अदालतको फैसला ३ बजे आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र सम्मयता अपनाउन नसक्दा क्षति हुन पुगेको उनले बताएकी छिन् ।

    सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले छानबिन प्रक्रियालाई अघि बढाइएको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार