Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यू-१९ विश्वकप खेल्न जाने नेपाली टिमको बिदाइ

    यू-१९ विश्वकप खेल्न जाने नेपाली टिमको बिदाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 555
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू-१९ विश्वकप खेल्न जाने नेपाली टिमलाई बिदाइ गरेको छ।

    शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गरेका हुन् ।



    क्यान अध्यक्ष चतुरबहादुर चन्दले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको भन्दै टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिए । क्यानले विश्वकपका लागि टिमलाई चाँडै पठाउन लागेको र नामिबिया र स्कटल्याण्डसँग अभ्यास म्याच खेल्ने तालिका रहेको उनले बताए ।



    नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ । यू-१९ विश्वकपमा नेपाल कठिन समूहमा रहेको ।  समूह ‘डी’मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।

    नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार