Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • चेक बाउन्सको आरोपमा एक व्यक्ति पक्राउ

    चेक बाउन्सको आरोपमा एक व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 1.7K
    SHARES

    संकेतिक तस्विर

    खोटाङ । चेक बाउन्सको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले मोरङ कानेपोखरी गाउापालिका–१ का ३७ वर्षीय सुवास न्यौपानेलाई पक्राउ गरेको हो ।



    न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिको क्रसर र जेनेरेटर मेसिन वापतको १५ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको चेकमार्फत् दिएको र बैंकमा साट्न जाँदा रकम नभएको भन्दै उजुरी परेको थियो ।



    उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको समन्वयमा पुस १९ गते बेलुकी साढे पाँच बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ का खगेन्द्र राईको जाहेरीको आधारमा उनलाई बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार