Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बहुविवाह मुद्धामा २ लाख धरौटीमा दुई दिन अघि छुटेका चन्द चेक बाउन्समा समातिए

    बहुविवाह मुद्धामा २ लाख धरौटीमा दुई दिन अघि छुटेका चन्द चेक बाउन्समा समातिए

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 462
    SHARES

    सल्यान । सल्यानमा बहुविवाहको आरोपमा जेल सजाय भोगेर धरौटीमा छुटेको दुई दिनमै वीरेन्द्रकुमार चन्द पुनः पक्राउ परेका छन् ।

    जिल्लाको कुमाख गाउँपालिका-१ का वर्ष ३२ का वीरेन्द्रकुमार चन्द बैंकिङ कसुर मुद्धामा (बाउन्स चेक) मा पक्राउ परेका हुन् ।



    चन्दले सात लाख ६ हजारको बाउन्स चेक दिएको भन्दै बाग्चौर नगरपालिका १ बस्ने वर्ष ३० की सीता विकले २०८० जेठ १७ गते जिल्ला अदालत सल्यानमा मुद्धा दर्ता गरेकी थिइन् ।



    विकले मुद्धा दर्ता गरेपछि फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बहुविवाह मुद्धामा पक्राउ गरेको थियो । उनी २ लाख धरौटीमा २०८० चैत्र १ गते मात्र छुटेका थिए ।

    तर चन्दलाई प्रहरीले पुनः नेपालगन्ज उपमहानगरपालिका १० बाट पक्राउ गरेको हो । उनलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार