Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कोशी प्रदेशको सभामुखमा अम्बर विष्ट सर्वसम्मत बन्ने सम्भावना

    कोशी प्रदेशको सभामुखमा अम्बर विष्ट सर्वसम्मत बन्ने सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 615
    SHARES

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरेको छ ।

    राप्रपा संसदीय दलको बैठकले बिस्टलाई सभामुख बनाउने निर्णय गरेको हो । गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ ।



    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।



    गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए । त्यसयता रिक्त रहेको सभामुख चयनको प्रक्रिया अझै पनि अलपत्र नै थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार