Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ।

    कैलालीको मोहन्याल–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा अछामको पञ्चदेवल विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र श्रीमती मैसराको मृत्यु भएको हो ।



    ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल साँझ ७ बजेतिर सडकबाट २०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।



    दुवै जनाको शव मोटरबोटको सहायताले निकालिएको छ । मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार