Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चलचित्रसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

    चलचित्रसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 339
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने बताएका छन्।

    सञ्चार मन्त्रालय र चलचित्र जाँच समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन्।



    सञ्चारमन्त्री शर्माले पुरानो कानुनका कारण यस क्षेत्रमा समस्या देखिएको भन्दै यसलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने बताईन्।



    चलचित्र क्षेत्रको समस्या समाधान गर्ने गरि सुझावका आधारमा चलचित्रसम्बन्धी विधेयक संसदमा पेश गरिने उनले बताए ।

    त्यस्तै मन्त्री शर्माले संविधानले बर्जित गरेका शब्द राखेर विज्ञापन बनाउने गरेकाले त्यसलाई रोक्नुपर्ने र विज्ञापन बोर्डले हेर्नुपर्ने बताए।

    उनले सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने र सहजीकरण गरि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार