Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको छ : सञ्चारमन्त्री शर्मा

    टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 555
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स कार्यान्वयन नगर्न निर्देशन दिइएको बताएकी छन्।

    प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै सञ्चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।



    सञ्चारमन्त्री शर्माले अदालतले पनि गोपनीयताको कानुन र कार्यविधि स्पष्ट नभएसम्म अघि नबढ्न भनेको बताइन् ।



    टेलिकम अपरेटरले अनिच्छा देखाएको, मन्त्रालयले पनि कानुन र कार्यविधि बनाएर मात्र अघि बढ्ने निर्यण गरेकाले यो लागु नभएको उनले स्पष्ट पारिन् ।

    सञ्चारमन्त्री शर्माले एमडीएमएस प्रणालीको खरिददेखि सामग्रीबारे छानबिन समिति बनाइएको र निष्कर्ष निकालेको बताइन्।

    अहिले पनि एमडीएमएस निर्णयको प्रक्रियामा रहेको उनले उल्लेख गरिन् । यसको सफ्टवेयर र हार्डवेयर पनि हेरफेर भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार