Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यु-१९ विश्व कप क्रिकेट आजदेखि

    आईसीसी यु-१९ विश्व कप क्रिकेट आजदेखि

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 675
    SHARES

    काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ ।

    दक्षिण अफ्रिकामा आजदेखि सुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।



    नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।



    आज समूह ए का आयरल्यान्ड र अमेरिका तथा समूह बी का दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दैछन् । नेपालले भने पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

    विश्व कपका सबै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुर हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार