Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

    आईसीसी यू-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 648
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । युवा विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले बेहोरेको यो पहिलो हार हो ।

    यसअघि नेपालले सन् २००६ को संस्करण र २०१६ को संस्करणमा न्युजिल्यान्डविरुद्ध खेल्दा क्रमशः एक विकेट र ३२ रनको जित निकालेको थियो ।



    आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।



    नेपालका ओपनर अर्जुन कुमालले ९० रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । उनले १०४ बलमा १२ चौका प्रहार गरे । अर्जुन युवा विश्वकपमै नेपालका लागि पहिलो शतक बनाउन १० रनले चुके । तर, उनी विश्वकपमा नेपालबाट एकै खेलमा उच्च स्कोर बनाउने दोस्रो ब्याटर बने ।

    प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार