Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • युवा सङ्घ कास्कीमा भाँडभैलो, अधिवेशन स्थलमा तोडफोड

    युवा सङ्घ कास्कीमा भाँडभैलो, अधिवेशन स्थलमा तोडफोड

    अनलाइन नेपाल
  • आइतबार, १४ माघ २०८०
  • 522
    SHARES

    पोखरा । राष्ट्रिय युवा संघ नेपाल, कास्कीको ११औँ जिल्ला अधिवेशन स्थगित भएको छ ।

    अर्जुन पौडेलको अध्यक्षतामा शनिवार बसेको अध्यक्ष मण्डलको बैठकले तत्कालका लागि अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।



    अधिवेशनमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समर्थितहरूबिच बेमेल हुँदा अधिवेशन नै रोकिएको छ ।



    सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा सुरु भएको अधिवेशन कमिटी चयन नगरी स्थगित भएको छ ।

    प्रतिनिधि छनोटको विषयलाई लिएर अधिकारी गुटका सहभागीहरूले विरोध जनाए । युवा सङ्घको यो अधिवेशनलाई एमालेको जिल्ला अधिवेशनसँग पनि जोडिएको छ । दुवै पक्षले यसलाई शक्ति प्रदर्शनका रूपमा लिएका छन् ।

    गुरुङ पक्षधरले सरस्वती पुरीलाई अध्यक्ष बनाउन खोजेको छ भने अधिकारी पक्षले हालका उपाध्यक्ष शङ्कर पौडेललाई अघि बढाएको छ ।

    अध्यक्ष मण्डलले भने प्रतिनिधिहरूले हुल हुज्जत गरेका कारण अधिवेशन गर्न नसकेको निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार