Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै देशभरि युवा संघको प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै देशभरि युवा संघको प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 990
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गरेको छ ।

    नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै देशभर मसाल जुलुस निकालेको हो ।



    शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो । यस्तै कैलालीमा पनि युवासंघले मसाल जुलुससहित प्रदर्शन गरेको छ ।



    उनीहरूले मूल्यवृद्धि फिर्ता लिन र प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने युवा संघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार